श्रम संस्कृति पार्टीको घोषणापत्र सार्बजानिक, अनिवार्य सैनिक तालिमदेखि के-के छन त ?

हाम्रो आवाज न्युज डटकम​- केहि समय अघि निर्बाचन आयोगमा दर्ता भ​एको श्रम संस्कृति पार्टीले आज आफ्नाे घोषणापत्र सार्वजनिक गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर समेत रहेका हर्क साम्पाङले आज सो पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन​।

घोषणापत्रका प्रमुख बुँदाहरू निम्न प्रकार रहेका छनः

– पार्टीको मुख्य मार्गदर्शक सिद्दान्त  प्रकृती, संस्कृति र प्रबिधि रहने।
– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति, दुवै फरक फरक लिंग र जातिकाे हुनुपर्ने
– विज्ञहरूको मन्त्रीपरिषद हुने,
– सांसद मन्त्री बनेकाे खन्डमा पद निलम्बन हुने
– भौगोलिक अखन्डता कायम राखिने
– सीमा अतिक्रमणमा रोक लगाइने
– नेपाली सेनालाई सीमामा खटाइने
– असंलग्न परराष्ट्र नीति लीने
– नेपाली नागरिकसँग विहे गरेर आएकोलाई पाँच वर्षबसेपछि र विदेशकाे नागरिकता त्यागेपछि नेपाली नागरिकता दीने
– सबै नागरिक कानुनको नजरमा समान हुने
– प्रेस, सभा सम्मेलन गर्ने, दल खोल्ने, दलमा आवद्ध हुन पाउने
– सबै समुदायको सामुदायिक अधिकार हुने
– संघात्मक शासन प्रणाली, स्वतन्त्र र निष्पक्ष न्यायपालिका हुने
– संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्था रहने
– प्रतिनिधिसभामा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गरिने
– राष्ट्रपतिले शासन गर्दा समानुपातिक समावेशीको आधारमा हुने
– प्रदेश संरचनालाई अनावश्यक बोझ भनिएकोमा सुधार गरिने
– राज्यको कुनै धर्म हुने छैन र कसैलाई काख कसैलाई पाखा गरिने छैन
– कसैकाे करकापमा धर्म परिवर्तन गर्ने नदीने
– बहुभाषिक शिक्षा दीने
– पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाइने
– बैठकहरू लाइभ गरिने, आर्थिक रूपमा मितव्ययी गरिने
– सरकारी चालु खर्च कटौती गरिने
– पत्रकार, सरकारी कर्मचारी, र न्यायलयलाई गैरराजनीतिक बनाइने
– कर्मचारीलाई गल्ती गरे सरुवा मात्रै होइन जागिरबाटै हटाइने
– वैज्ञानिक कर लागु गरिने (धनीबाट बढी लिएर गरिबलाई छुट)
– सबै नागरिकलाई श्रमदानमा जोडिने
– श्रमजीविहरूलाई पुँजीवादकाे शोषणबाट मुक्त गरिने
– लोपोन्मुख समुदायको लागि विशेष आरक्षण गरिने
– जेनजीको गुनासो सुन्ने आयोग बनाइने

शिक्षा क्षेत्रमाः
– जीवन उपयोगी शिक्षा दिने
– हप्तामा ३ दिन मात्र पढाइने
– हप्ताको ४ दिन उत्पादन र साहित्यमा लगाइने
– १२ कक्षासम्म पढ्दा विद्यार्थीलाई खाना पकाउन र लुगा सिउन सिकाइने
– १२ कक्षा पासपछि अनिवार्य शैनिक तालिम दीने, त्यसपछि मात्र उच्च शिक्षा लिन पाउने व्यवस्था गरिने
– कृषि क्षेत्रमा ठुला ठुला अनुन्धान केन्द्र बनाइने
– श्रम संस्कृति र जातीय संस्कृतिको व्यवहारिक ज्ञान दीने
– गाउँमै पढ्ने गरी गुणस्तरीय शिक्षा प्रदान गरिने
– मातृभाषामा जोड दीने
– शिक्षकहरूलाई राजनीतिमा रोक लगाइने
– सबैखाले शारीरिक क्षमता भएकाहरूलाई शिक्षा दीने

– पीपीपी मोडेलमा काम गर्ने आर्थिक संस्था बनाइने
– अन्तर्राष्ट्रिय लगानी (निसर्त) लीने
– अनुचित बजार नियन्त्रण गरिने
– स्वदेशी उत्पादन र बजारलाई प्राथमिकता दीने
– श्रमदानबाट जताततै फुल र फलफुल लगाएर निम्न आय भएकाहरूलाई उपभोग गर्न दीने
– एक गाउँ एक उद्योग स्थापना गरिने
– कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याइने
– साना व्यवसाय र उद्योगहरूलाई पनि बचाइने
– खानी उत्खनन गरिने र धातुजन्य आयात घटाइने
– एक घर एक स्वरोजगार नीति लागु गरिने
– गरिब जनताको पहिचान गरी गासबास र कपासको व्यवस्था गरिने
– श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवा दीने
– वेरोजगारलाई राज्यले भत्ताको व्यवस्था गर्ने
– कुनै प्रकारको सांस्कृतिक विभेद रोक्ने
– सबै आइएनजिओ खारेज गरिने लगायत।
– सामुदायिक उत्पादनबाट समजलाई जोड्ने।
– साहित्य​, गीत संगित र चलचित्रलाई पर्यटनसंङ्ग जोडने
– स्वादेशि उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउने  प्रभावकारि निति ल्याईने छ​।
– श्रम गर्ने ब्याक्तिलाई निशुल्क स्वास्थ्य सुबिधाको ब्यावस्था मिलाईने छ​।
– श्रममा समानताको प्रभवकारि निति बनाईने छ।
– प्रकृती र मानव जिवनको सहता र सरलिकरणको निम्ति प्रबिधिलाई प्रयोग गरिने छ​।
– मानब जिवन र प्रकृतीकाे बिरुद्द प्रबिधि प्रयोग गरिने छैन​।

अन्य मुद्दा र एजेन्डाहरू जनताकाे समस्या र चाहना अनुसार फेरबदल गर्दै लैजाने अध्यक्ष साम्पाङले बताए ।